

नयाँ सरकारको निकाश दिन विपक्षी तीन दलबिच छलफल सुरु

काठमाडौँ – नेपाली काँग्रेस, नेकपा माओवादी र जसपाको पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफल काँग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

