

आफूलाई गरिएको प्रधानमन्त्रीको प्रस्ताव सपना र सम्भावना मात्र होः ठाकुर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चाको शिखरमा छ । तर चर्चामा भए पनि ठाकुरले भने त्यसमा आफ्नो कुनै इच्छा नभएको बताएका छन् ।
ठाकुरले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको र आफू परिस्थितिले ल्याएको काममा कुनै इच्छा नभएको बताए ।
दलहरुले आफुलाई गरेको प्रस्तावलाई सपना र सम्भावना मात्र हो भन्दै ठाकुरले साँझसम्म एउटा निकास आउने बताए ।
स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।

