

भूकम्पले लमजुङमा घरहरु भत्कियो, केही मानिस घाइते (तस्बिरहरू)

काठमाडौं – आज बिहान लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घर भत्किँदा भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको छ।
मस्त निन्द्रामा परेको बेला भूकम्प गएको हो। भूकम्प जानेबित्तिके लमजुङका मानिसहरू घरबाहिर निस्केका थिए। घर बाहिर निस्कने क्रममा पनि केही मानिस घाइते छन्।
भूकम्पको धक्का काठमाडौं उपत्यका, गोरखा, तनहुँ, धादिङ, कास्कीलगायतका क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ। त्यस्ते भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्।
तस्बिर : जिबी घिमिरे प्रदीपको फेसबुकबाट।

