युरोकपका लागि फ्रान्सको २६ सदस्सीय टिम घोषणा, पुनः समेटिए बेन्जेमा


काठमाडौं – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । फ्रान्सले युरोकप फुटबलका लागि घोषणा गरेको २६ सदस्सीय राष्ट्रिय टिममा बेन्जेमा पनि परेका हुन् ।

बेन्जेमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहँदै आएका छन् । सन् २०१५ मा आफ्नै सहकर्मी माथि भाल्बुएनाको यौन भिडियो बनाएर सार्वजनिक गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्काशन गरिएको थियो ।

बेन्जेमाले फ्रान्समै आयोजना भएको युरोकप २०१६ गुमाउनुका साथै २०१८ मा विश्वकप जित्दा पनि टोलीमा परेका थिएनन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया