लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प


काठमाडौं – लमजुङलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प मापन गरिएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यका, गोरखा, धादिङ, कास्कीलगायतका क्षेत्रमासम्म महसुस भएको छ। यसअघि आजै बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो।

दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो।

प्रतिक्रिया