

एमालेमा नयाँ गतिः माधव नेपाल भेट्न कोटेश्वरमा गृहमन्त्री बादल

काठमाडौं – गृहमन्त्री एवम् नेकपा एमाले का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका छन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री थापा ‘बादल’ वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवास पुगेका हुन् ।
उनी नेपाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन् ।
पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।
एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरेका छन् ।
पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन ।

