

रेम्डेसिभर सस्तोमा बेचेको भन्दै प्रशासनद्वारा बिक्री वितरणमा रोक

दाङ – कोभिड-१९ विरुद्धको खोप रेम्डेसिभर सस्तोमा बेचेको भन्दै एक निजी क्लिनिकलाई जिल्ला प्रशासन कार्यालय दाङले बिक्री वितरणमा रोक लगाएको छ ।
औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले स्थानीय प्रहरी प्रशासनको समन्वयमा रेम्डेसिभिर सस्तोमा बिक्री गर्ने घोराहीको कालिका मेडिकल हललाई सिल गरेको हो । रेम्डेसिभरको प्रचार फेसबुकमा किन गरियो भन्दै प्रश्न गर्दै छापा हानेको औषधि व्यवस्था विभाग नेपालगञ्जका एक कर्मचारीले बताए ।
उनले अहिले पसलमा मौजाद भएको रेम्डेसिभरको तथ्यांङ लिई मुचुल्का तयार गरी स्थानीय प्रहरी प्रशासनको रोहबरमा पसल सिल गरिएको र रेम्डेसिभर नबेच्न पनि भनिएको बताए।
घोराहीमा सरकारी अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा मात्रै रेम्डेसिभरको बिक्री वितरण हुँदै आएको छ । विभागको उजुरीको आधारमा मेडिकल हललाई सिल गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

