प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’, सर्वोच्चमा एकैदिन ४ वटा रिट दायर


काठमाडौं – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ बदर हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ।

सोमबार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसहितका अधिवक्ताले अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन्।

प्रधानमन्त्री ओलीले वाचन गरेको सपथ राष्ट्रपतिले वाचन गरेको सपथभन्दा फरक परेको उल्लेख गर्दै दायर गरिएको रिटमा सपथ बदर गराउन माग गरिएको उल्लेख छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले रिटमा उक्त सपथ बदर गराएर फेरि सपथ गराउन र फेरि सपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको जानकारी दिएका हुन्।

गत वैशाख ३१ गते पद तथा गोपनीयताको सपथग्रहण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दा पनि ओलील ‘त्यो पर्दैन’ भनेका थिए।

प्रतिक्रिया