राष्ट्रपतिसमक्ष नवनियुक्त चार राजदूतकाे शपथ


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् ।

शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) रहेका छन्।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया