

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, १२ लाख ५५ हजार बढीको मृत्युु

काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ५ लाख ९८ हजार २ जना नयाँ संक्रमित थपिएपछि हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड २ लाख ४७ हजार २ सय ९७ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ४ सय ३६ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख ५५ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा ३ करोड ५५ लाख ४१ हजार २ सय ७४ जना कोरोना मुक्त भइसकेका छन् ।
विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म १ करोड १ लाख ८२ हजार ८ सय १८ जना संक्रमित पुगेका छन् भने २ लाख ४३ हजार २ सय ५७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा १ लाख २४ हजार २ सय ३२ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म संक्रमितको संख्या ८५ लाख ७ हजार २ सय ३ पुगेको छ । त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १ सय ६२ पुगेको छ ।

