

पारिवारिक वेदनाले भरिपूर्ण बाइडेनको राष्ट्रपति यात्रा

वाशिंग्टन – २८ वर्षको उमेर कान्छो सिनेटर बनेको नवनिर्वाचित अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेन पारिवारिक वेदनामा नराम्ररी रुमलिएका छन् ।
२८ वर्षकै उमेरमा सिनेटर बनेपछि सपथ लिने तयारी गर्दागर्दै कार दुर्घटनामा परेर श्रीमती र छोरी गुमाएका बाइडेन अमेरिकी जनता निकट देखिएरै जित हात पारे ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए।

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो।
आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ। तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ।
त्यस्तै हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो।

उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन्।
कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए।
उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो।
गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए। उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन्। उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो।
त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो।
१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए।

