२४ घण्टामा उपत्यकामा ३,३४९ जनामा संक्रमण, काठमाडौँमा मात्र २,४५८


काठमाडौँ – बितेको २४ घण्टामा उपत्यकामा थप ३,३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्य काठमाडौँ जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया