

पछिल्लो २४ घण्टामा ६ हजार बढीले जिते कोरोना, थप ८५२० जनामा संक्रमण पुष्टि, २०३ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरका ६ हजार भन्दा बढि कोरोना भाइरस संक्रमित संक्मणमुक्त भएका छन् । हाल सम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २ हजार ६५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

