२७५३ संक्रमित थपिए, २२०६ डिस्चार्ज


काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ भने १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

प्रतिक्रिया