

कहिलेसम्म छ त अमेरिका जाने डिभि भर्ने समयावधि ?

काठमाडौं – सन् २०२२ का लागि अमेरिकाका लागि डिभि भर्ने समय तीन दिनमात्रै बाँकी रहेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबारदेखि डिभी भर्ने अवधि सुरु भएकोमा नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।
नेपालस्थित अमेरिकी दूताबासले गएको तीन बर्षमा नेपाल विश्वभरीबाट डाइभर्सिटी भिसा धेरै पाउने देशहरूमध्ये एक रहेको बताउँदै डिभी २०२२ का लागि आवेदन दिने समय बाँकी नै छ। यो बर्ष आवेदन दिने समय नोभेम्बर १० (कार्तिक २५ गते) रातिको १० बजेर ४५ मिनेटसम्म रहेको बताउँदै सर्वसाधारणलाई कसैको सहयोगबिना आँफैं डिभि भर्न अनुरोध गरेको छ ।
एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ । २०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् । तर बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।
धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।
अमेरिकी सरकारको वेवसाइटमा गरेर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ । भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

