Breaking: केपी ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरिएको विज्ञप्ति अनुसार ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रधानमन्त्रीमा नियुक्त भएपछि अब ओलीले पुनः एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतल निवासले जनाएको छ ।

योसँगै ओली तेस्रोपटक प्रधानमन्त्री बनेका छन्। यसअघि ओली ३ फागुन २०७४ मा दोस्रोपटक र २४ असोज २०७२ मा पहिलोपटक नेपालको ३८ औं प्रधानमन्त्री बनेका थिए।

२७ वैशाखमा प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मत गुमाएसँगै ओली पदमुक्त भएका थिए। ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

राष्ट्रपतिले दिएको साँझ ९ बजेको समय सीमाभित्र कुनै पनि कसैले बहुमतको सरकारको लागि दाबी पेश नगरेपछि भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

बिहीबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दिएको साँझ ९ बजेको समय सीमाभित्र कुनै पनि कसैले बहुमतको सरकारको लागि दाबी पेश नगरेको उल्लेख छ।

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन्। सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो।

May be an image of text

संक्षिप्त जीवनी

नाम : खड्गप्रसाद ओली (केपी शर्मा ओली)
जन्म मिति : वि.सं. २००८/११/११ तदनुसार सन् १९५२/०२/२३, शनिबार।
जन्मस्थान : इवा २, तेह्रथुम, नेपाल।
पारिवारिक अवस्था : हजुरबा – स्व. मनरथ ओली।
हजुरआमा : स्व. राममाया ओली।
माता: स्व. मधु ओली।
पिता : मोहनप्रसाद ओली।
वैवाहिक अवस्था : विवाहित।
श्रीमती : राधिका शाक्य।
भाइ तथा बुहारी : जयप्रसाद ओली/इन्दिरा ओली।
दिदी/बहिनी : विष्णुमाया, कौशिला र राजु।
पारिवारिक संख्या : २ जना (श्रीमती राधिका शाक्यसहित)।
स्थायी निवास : अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल।
अस्थायी निवास : शरणामती– ६, झापा, नेपाल।
नागरिकता नम्बर : २६६/३१३९५ २।
राहदानी नम्बर : ००२५११४
शैक्षिक योग्यता : सामान्य।
भाषा : नेपाली, हिन्दी र अंग्रजी।
भ्रमण : स्वदेश— सबै जिल्ला। विदेश— मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसआदि।

प्रतिक्रिया