

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणबाट निधन

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन गएको छ । उनको कोरोना संक्रमणका कारण बिहीबार अपराह्न निधन भएको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले बताए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भएपनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो । तर बिहीबार अपराह्न अस्पतालले उनको निधन भएको जानकारी गराएको महासचिव श्रेष्ठले बताए ।

