‘चार बजेसम्म माग पुरा भएन भने सबैले राजीनामा दिन्छौँ’


काठमाडौँ – नेकपा एमाले असन्तुष्ट पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पुरा गर्न आज अपरान्ह चार बजेसम्मको समय दिएको छ।

माधव–झलनाथ समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सबै सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए।

‘ओलीले आफ्ना माग पुरा नगरेको अवस्थामा आफूहरु सबैले राजीनामा दिन्छौं, नयाँ पार्टी गठन गछौँ,’ नेता रावलले भने। २ जेठ २०७५ को पार्टी संगठन ब्युँत्याउन उक्त समूहको माग छ।

नेता रावलले २८ फागुनको आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए। उनले भने,‘ पार्टी टुक्रियोस भन्ने हाम्रो चाहना होइन। यदि हाम्रो माग पुरा हुन्छ भने पार्टी एकता सम्भव छ।’

यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

नेपाल निकट स्रोतहरुका अनुसार साँझ ४ बजेसम्म अध्यक्ष ओलीका तर्फबाट निर्णय गर्नका लागि समय सीमा तोकिएको छ।

प्रतिक्रिया