

सगरमाथा आरोहणका क्रममा अमेरिकी र स्विस नागरिकको निधन

काठमाडौं – यस सिजनको सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । आरोहन सिजनको छैंठौ दिन आज (बुधबार) एक अमेरिकी र एक स्विस गरी दुई विदेशी आरोहीहरुको मृत्यु भएको हो ।
यी आरोहीहरुको व्यवस्थापनको जिम्मा लिएको सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको हो । निर्देशक शेर्पाले सामाजिक सञ्जालमार्फत स्विस आरोही वाराइचको निधन साउथ समिट नजिकै निधन भएको जानकारी दिएका छन् ।
उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकलाई उदृत गर्दै मीरा आचार्यले जानकारी दिइन् ।
उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिइन् ।
सगरमाथामा यो वर्ष १ सय ५० भन्दा आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

