८२ लाख बढि रकमसहित पर्साबाट ४ जना हुन्डी कारोबारी पक्राउ


काठमाडौं – पर्सा जिल्लाको बारा महागढीमाइ–४ बाट प्रहरीले ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । अवैध रुपमा वित्तीय कारोवार भैरहेको भन्ने सुचनाको आधारमा ८२ लाख ५० हजार रुपैयाँ सहित पर्साबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नम्बर १८ स्थायी ठेगाना भइ वीरगञ्ज ३ पानी टंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार, भारतकै रक्सौल घर भइ बारा महागढीमाइ–४ बस्ने १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतिहारी जिल्लाअन्तर्गत पूर्वी चम्पारण थाना रक्सौल घर भएका २२ वर्षीय गुड्डु कुमार, भारत मोतिहारीकै १८ वर्षका साहिल गुप्ता छन्।

अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको सूचनाको आधारमा बारा महागढीमाई नगरपालीका ४ बस्ने वर्ष १८ वर्षी को कलामुद्दिन अन्सारीलाई पुरानो बसपार्क, आदर्शनगर चोकबाट पच्चीस लाखसहित नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। साथै उनको कोठामा दानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको प्रहरीले जनाएको छ।

जम्मा ८२ लाख पचास हजार बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प..४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रण लिएको छ। उनिहरु माथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया