गण्डकी सरकारको सत्ता समीकरण नयाँ मोडमा, ठूलो दलको हैसियतमा गुरुङलाई नै सपथ खुवाउने तयारी


पोखरा – गण्डकी सरकारको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ ।

राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको हो ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गदैं विज्ञप्ति जारी गरेका छन् । गरेका छन् ।

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले पोखरेललाई बहुमत सांसदको समर्थन रहेको दावी पेश गर्न आह्वान गर्ने र मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई नै सपथ खुवाउने तयारी भइरहेको स्रोतले बतायो । विपक्षी दलले भने एक महिनाभित्र विश्वासको मत लिँदा प्रदेशसभामा बहुमत पुर्‍याउने दावी गरेको छ ।

संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

 

प्रतिक्रिया