

संक्रमण बढेपछि चिकित्सक सङ्घद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा

काठमाडौँ – मुलुकको स्वास्थ्य संस्थाले थेग्न नसक्ने गरी कोभिड-१९ को सङ्क्रमण बढेपछि नेपाल चिकित्सक सङ्घले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।
सङ्घले बुधवार एक अपिल जारी गर्दै कोभिड-१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड अलर्ट’ घोषणा गरेको हो ।
चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको अपिलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्र भागमा रहेर काम गरिरहेका छौँ, गरिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

