बिभाजनको डिलमा पुगेको जसपा पदाधिकारी बैठक बस्ने, त्यसअघि महन्थ–बाबुराम परामर्श


काठमाडौं– सत्ता समीकरणका विषयमा फरक मत रहेका जनता समाजवादी पार्टीको पदाधिकारी बैठक बस्ने तयारी भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा विभाजित देखिएको जसपामा वैकल्पिक सरकार बनाउने र तटस्थ बस्ने दुई खाले निर्णय भएका छन्।

सत्ता समीकरणका निम्ति निर्णायक रहेको जसपाकै मत विभाजन भएपछि बैठकले एउटा समाधान निकाल्ने प्रयत्न गरिने बताइएको छ। पदाधिकारी बैठकअघि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष महन्थ ठाकुरको बैठक बस्ने भएको हो।

‘अनिर्णयमा पुग्ने र एकमत हुने अवस्था नदेखिएपछि साझा धारणा बनाउनका लागि बैठकको पहल भएको हो, यो बैठकले वार या पारको निर्णय पनि गर्न सक्छ’, स्रोतले भन्यो।

मधेसका मुद्दा अहिलेको सरकारले सम्बोधन सुरु गरेको भनी ठाकुर, नेता राजेन्द्र महतोलगायत विकल्पको सरकारमा जान तयार छैनन् भने उपेन्द्र यादव जसरी पनि सरकारको विकल्पको गठजोडमा जान खोजीरहेका छन्।

‘मध्यमार्गी र समाधान धारणा निकाल्ने प्रयत्न हुनेछ। तर त्यो प्रयास सफल भएन भने विभाजनसम्म पनि हुनसक्छ’, उच्च स्रोतले भन्यो,‘उपेन्द्र जी मनलाग्दी हिसाबले हिँड्न थालेका छन्। ठाकुर प्रथक अध्यक्षको निर्णयलाई किन मानिएको छैन?’

प्रतिक्रिया