

निषेधाज्ञाका कारण सुनको कारोबार ठप्प, घट्यो मुल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रति तोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ ।
मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।
सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गरेको माहासंघले जनाएको छ ।

