

एनआरएनएले ओमन र चीनबाट अक्सिजन सिलिण्डर पठाउँदै

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अक्सिजन कन्सेन्ट्रेटर र अक्सिजन सिलिण्डर नेपाल पठाउने भएकाे छ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले चीनबाट १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर खरिद गरेर नेपाल पठाउन लागेकाे जानकारी दिएका हुन्।
उनका अनुसार उक्त क्सिजन कन्सेन्ट्रेटर र अक्सिजन सिलिण्डर शनिबारसम्म काठमाडाैं आइपुग्ने छ।
नेपालमा दैनिकरुपमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि उपचारमा अक्सिजनसहित मेडिकल सामग्रीकाे अभाव हुँदै आएकाे छ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढी काेराेना संक्रमित थपिएका छन्। यस्तै, १०० भन्दा बढीकाे मृत्यु भएकाे छ।

