

काठमाडौंमा जारी निषेधाज्ञामा थप कडाई, भोलिदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा बिहीबार (भोलि) देखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड(१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने छन् ।
काठमाडौं र प्रशासनले आज एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्नेरगराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

