उद्योग परिसंघद्वारा स्वास्थ्य मन्त्रालयलाई २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं – नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ । परिसंघले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीसमक्ष २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत उक्त सहयोग गरेको हो । सहयोग स्वास्थ्य सामग्रीमा ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर रहेको छ ।

उक्त सामाग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने बताएका छन् ।

त्यस्तै सामाग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए ।

राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्रि उपलब्ध गराई सहयोग पुर्‍याएकोमा परिसंघले होङ्शी-शीभम सिमेन्टलाई धन्यवाद दिएको छ ।

 

प्रतिक्रिया