

नेपालसँगको हवाइ उडानमा अर्का दुई मुलुकले पनि लगाए रोक

काठमाडौं – थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा गरेका छन् ।
कोरोनाभाइरस संक्रमण भयावह फैलिएको निष्कर्ष निकाल्दै थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा गरेका हो ।
थाइल्यान्डले आइतबारदेखि लागु हुने गरी नेपालसहित बंगलादेश र पाकिस्तानी नागरिकलाई अर्को सूचना जारी नभएसम्म रोक लगाएका छन् । थाइल्यान्डले नेपालसहितको मुलुकका दूतावासलाई भिसा जारी नगर्न समेत भनेको छ ।
कुवेतले पनि अर्को सूचना जारी नभएसम्म नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाली नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाउँदै हवाइ उडानमा रोक लगाएको छ । बेलायतले बुधबार मध्यरातदेखि नेपालसँगको उडानमा रोक लगाउँदैछ । यसअघि बंगलादेशले पनि नेपालसँगको उडान रोकेको छ ।

