देउवाले बोलाए पदाधिकारी बैठक, बहुमत नपुगेको खण्डमा के हुनेछ नयाँ स्टेप?


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्।

मंगलबार दिउँसो बुढानिलकण्ठमा डाकेको बैठकमा आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा चर्चा गर्न देउवा अगाडि सरेका हुन्।

देउवाले सरकार बनाउनका लागि स्पष्ट बहुमत पुग्ने अवस्था नआए के गर्ने भन्ने विषयमा पनि पदाधिकारी बैठकमा छलफल चलाउनेछन्।

तर पदाधिकारी बैठकपछि भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र एमालेका माधवकुमार नेपाल पक्षसँग पनि देउवाको छलफल हुनेछ।

‘बहुमत नभएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने चर्चा त हुनेनै छ। तर सरकार बनाउन सहयोग गर्ने दलहरू र विभिन्न पक्षले त्यसको ग्यारेन्टि कसरी दिनेछन् भन्ने कुराले अगाडिको स्टेप थाहा हुन्छ’, देउवानिकट स्रोतले भन्यो।

बहुमत पुग्ने अवस्था नआए देउवा अघि सर्न पनि हिच्किचिाएका छन्। उनले बेलामौका भन्दै आएका थिए,‘संख्या नपुगे के गर्ने? संख्या पुग्दैन।’

प्रतिक्रिया