

नेपाल प्रहरीका सई मृत फेला

हेटौंडा– हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार नेपाल प्रहरीका नायव निरिक्षक (सई)को शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत सई केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।
गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

