पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा २ हजार ९०५ जना निको भएका छन् ।

त्यस्तै, थप ५० जनाको मृत्यु भएको छ ।

२०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ ।

सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ लागु गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया