

बालुवाटारमा एमाले स्थायी कमिटी बैठकः यी हुन् दुई एजेन्डा

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने भएको छ। आन्तरिक विवाददेखि राष्ट्रिय सभा उप निर्वाचनको उम्मेदवार टुंगो लगाउने दुई विषयमा बैठक केन्द्रित रहने भएको छ।
एमालेका शीर्ष नेताको अनौपचारिक छलफलपछि स्थायी कमिटीको बैठक डाकिएको हो। बैठकले उम्मेदवार तय गर्नुका साथै नेता माधवकुमार नेपाल पक्षलाई गरेको कारबाही फिर्ताको एजेन्डा प्रमुख बनाएको बताइएको छ।
यसअघि विहीबार मध्यरातसम्म विवाद समाधानका लागि विभिन्न पक्षबीच वार्ता र छलफल चलेको थियो। विवाद समाधानका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पहल लिनुपर्ने बताइएको छ।

