बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय सभाको उम्मेदवार तय गर्ने सम्भावना


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरु भएको हो ।

एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशमा एक एक पद रिक्त छ। त्यसका लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।

आज स्थायी कमिटी बैठकमा समग्र राजनीतिक घटनाक्रमबारे छलफल हुने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए।

प्रतिक्रिया