ओलीसँगको छलफलपछि बुढानिलकण्ठमा कांग्रेस बैठक


File Photo

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि बुढानिलकण्ठमा काँग्रेस नेताहरुबीच छलफल सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस नेताबीचको छलफल सुरु भएको हो।

बिहीबार दिउँसो कांग्रेस नेताहरू भेट्न प्रधनमन्त्री ओली देउवा निवास पुगेका थिए। प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु बाहिरिएपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरु र सभापति देउवासहित काँग्रेसका नेताहरुबीच झण्डै एक घण्टा लामो छलफल थियो। छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेस नेतालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।तर, कांग्रेस नेताहरूले भने मत नदिने बताए।

काँग्रेसले ओलीले मागेको विश्वासको मत विफल बनाउने रणनीति बनाइसकेको छ। कांग्रेसको अबको योजना र सरकार निर्माणका विषयमा छलफल गर्न बुढानिलकण्ठमा बैठक बसेको काँग्रेसका एक नेताले जानकारी दिए।

प्रतिक्रिया