लुम्बिनी प्रदेशका १२ जिल्लालाई ७९ लाख रुपैयाँ दिइने


काठमाडौं – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारले १२ वटा जिल्लालाई ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

त्यस्तै कपिलवस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५/५ लाख रुपैयाँ छुट्याइएको छ।

प्रतिक्रिया