‘मान्छेले मान्छेलाई नछुने शहर’


मैले मान्छेले मान्छेलाई नछुने शहर देखेको छु।
आफन्तको नजिक हुन नसक्ने रहर देखेको छु।

भाग्नुपर्ने मानवबाट नै ज्यान जोगाउन,
मैले वायु, पानी अनी रविमा जहर देखेको छु।

घर, गाउँ समाज अनी ठूला–ठूला महल बने,
फेरि मान्छे गाउँतर्फ भागेको लहर देखेको छु।

दिनलाई रात, रातलाई दिन बनाउन सक्ने मानवमा,
असफल विज्ञान अनि मानवको खण्डहर देखेको छु।

हे मानव प्रकृति प्रकृति नै हो यसलाई बदल्न सकिँदैन,
लाशले भरिएको खोला किनार अनी नहर देखेको छु।

मैले मान्छेले मान्छेलाई नछुने शहर देखेको छु।
आफन्तको नजिक हुन नसक्ने रहर देखेको छु।

प्रतिक्रिया