

दाङमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्युु

काठमाडौं – दाङमा स्कारपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मदनभण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगानेमा जिप दुर्घटना भएको हो।
बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१३ बडहरा निबासी विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकाप्रमुख गणेश चन्दले जानकारी दिए।
रोल्पाबाट घोराही आउँदै गरेको जिप गएराती साढे ९ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय राजकुमार थापा र २३ वर्षीय बसन्त भण्डारी घाइते भएका छन्।
जंगलमा अड्कीएको अवस्थामा घाइतेहरुको प्रहरीले आज बिहान उद्धार गरि उपचारलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ। घाइतेहरुको टाउको, खुट्टा र हातमा चोट लागेको छ ।
जिप सडकदेखि करिब ८ सय मिटर तल उर्लेकेनीमा खसेको प्रहरीले जनाएको छ।

