बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


बैतडी – बैतडीमा शव बोकेको जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा प्रहरी पुगेको र अन्य शवहरू पहिचान हुन बाँकी रहेकाे जनाइएकाे छ ।

 

प्रतिक्रिया