

न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौँ – न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मृत्यु भएको हो ।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका निराला कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । उनी काठमाडौँको मित्रपार्क निवासी हु्न ।
उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।

