आईपिएल: आज हैदराबाद र मुम्बईबीच प्रतिस्प्रर्धा


नयाँदिल्ली – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स भिड्दै छन्। खेल नेपाली समय अनुसार साझ ७ः४५मा सुरु हुनेछ ।

हैदरावादले सात खेलमा एक खेलमात्र जितेको छ भने चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले सात खेलमा चार जित हासिल गरेको छ ।

हिजो आइपीएलका कुनै खेल भएन । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको थियो ।

प्रतिक्रिया