

गण्डकी प्रदेशका जनमोर्चा सांसद खिमबिक्रमको प्रतिक्रिया– बेहोस भएर लडेपछि अस्पताल आएँ

काठमाडौं– गण्डकी प्रदेश सभा सदस्य खिमबिक्रम शाहीले विज्ञप्ति मार्फत प्रतिक्रिया दिँदै बिरामी भएर अस्पताल आएको बताएका छन्। राष्ट्रिय जनमोर्चाबाट बागलुङ–२ खबाट निर्वाचित शाहीले यस्तो बताएका हुन्
प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने बेला सम्पर्कविहीन भएका उनलाई एमालेले अपहरण गरेको आरोप लगाइएको थियो।
उनी चरक अस्पतालको आइसीयु वार्डमा छन्। उनका स्वकीय सचिवले अचानक विरामी भई अस्पताल लगिएको बुधबारै भनेका थिए। तर अनेक प्रकारका अड्कलबाजी र प्रचार भएपछि विज्ञप्तिमार्फत शाहीले भनेका छन्,‘बेहोस् भएर लडें त्यसपछि अस्पताल आएँ।’
‘म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्नेछु’, उनले भनेका छन्।
शाहीले आफूबारे विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा विचार नबनाउनका लागि आग्रह गर्दै भनेका छन्,‘सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदीबहिनी र मेरा शुभचिन्तकहरूमा प्रष्ट पार्न चाहान्छु।’

