खाद्यले तोक्यो उपत्यकाका ४ स्थानमा बिक्री केन्द्र, कहाँ-कुन समयमा खुल्ने ?


काठमाडौं – कोभिड १९ नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञाको समयमा खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ ।

काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकिएको खाद्य कम्पनीले जनाएको छ ।

यी बिक्री केन्द्रहरुमा बासमती लगायतका विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खाने तेल, घ्यू, स्यानिटाइजर लगायतका सामग्री बिक्री वितरण हुने खाद्यले जनाएको छ ।

थापाथली विक्री केन्द्र बिहान ७ देखि बेलुका ७ बजेसम्म, रामशाहपथ केन्द्र विहान ७ बजेदेखि १० बजेसम्म, नख्खु केन्द्र ७ देखि ५ बजेसम्म र सूर्यविनायक केन्द्र विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहनेछन् ।

प्रतिक्रिया