

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडौं – वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् ।
मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराएका हुन् ।
माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गरेका हुन् ।

