गण्डकी प्रदेशका एक सदस्य ‘गायब’, अविश्वास प्रस्ताव फेल हुने !


कास्की -गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार मतदान हुँदैछ ।

प्रदेशसभामा अहिले साढे ४ बजे सुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची तय गरिसकिएको अवस्थामा निर्णायक मानिएका जनमोर्चाका एक सदस्य अनुपस्थित भएका छन् ।

प्रदेशसभाको बहुमतका लागि निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा नदेखिएपछि मतदानस्थलमा मतदान अघि हल्लाखोर मच्चिएको छ ।

त्यस्तै स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित छन् ।

अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।

प्रतिक्रिया