डोरमणिले विस्तार गरे मन्त्रिपरिषद, बागमती प्रदेश सरकारमा को–को मन्त्री थपिए?


काठमाडौं– बागमती प्रदेशमा तीन मन्त्री र एक राज्य मन्त्री थपिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले गरेको मन्त्रिपरिषद विस्तारपछि नवनियुक्त मन्त्रीले चार बजे शपथ लिनेछन्।

केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रतिक्रिया