प्रहरीमा कोरोना संक्रमण तीव्र: प्रधान कार्यालयका ४५ प्रहरी कर्मचारी संक्रमित


काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

दोस्रो लहरको कोेरोना संक्रमण देशभरका ९३ प्रहरीमा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि हिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो ।

प्रतिक्रिया