एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेट स्थगित


काठमाडौँ – नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेट स्थगित गरिएको छ । सदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसदमा अवरुद्ध गरेपछि बैठक स्थगित गरेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने भन्दै अवरोधद सिजैना गरेको सा्रेतले जनाएको छ ।

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताए ।

 

प्रतिक्रिया