जसपाको पदाधिकारी बैठक जारी, कार्यकारिणी समिति बैठक पनि आजै


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी कार्यालय बालकुमारीमा वर्तमान राजनीतिक निकासका लागि भन्दै जसपाका ६ जना पदाधिकारीहरुको बैठक बसेको हो । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत छन्। ठाकुर र महतो ओली सरकारकै पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा छन्।

जसपाका नेता मोहम्मद ईस्तीयाक राईले त्यसबारे जानकारी दिएका हुन् । त्यस्तै आइतवारदेखि रोकिएको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत आजै बस्ने उनले बताए । त्यस्तै भोलि पनि बैठक बस्ने उनले बताए ।

 

प्रतिक्रिया