

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्रले निर्णय गर्न सकेको छैन् । वैशाख ८ मा बसेको पार्टीको स्थायी कमिटी बैठकलाई समर्थन फिर्ता लिनसक्ने भन्दै निर्णायक बैठकको रुपमा चासोका साथ हेरिएको थियो ।
७ गतेको बैठकमा ओलीलाई अपदस्थ गर्नुपर्ने बिफ्रिङ गरेका प्रचण्डलाई नै यसको सर्वाधिकार दिइएको उपाध्यक्ष श्रेष्ठले बताएका थिए ।
त्यसपछि अध्यक्ष प्रचण्डले निवासमै बसेर नेता तथा कार्यकर्तासँग छलफल अघि बढाएका थिए ।

