बाँकेमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु


काठमाडौं – बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुष, कोहलपुरका ६० वर्षीय वृदा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी ७४ वर्षीया महिला रहेका छन् ।

१३ गते कोरोना पुष्टि भएका नेपालगञ्जका पुरुषको गए राति मृत्यु भएको हो । उनी वैशाख १२ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

यस्तै वैशाख १० गते कोरोना पोजेटिभ देखिएका ६० वर्षीय वृदाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी भेरी अस्पतालमा भर्ना भएका थिए । यस्तै ७४ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोनाबाट पछिल्लो १२ घण्टामा थप ३ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया